जापान, जेठ २७ ।
जापानको फ़ुकुओकामा रहेको नेपालीहरुको साझा र पुरानो संस्था फ़ुकुओका नेपाल सोसाईटीको गौरबमय २६ औँ अधिबेशन यहि जुन १९ तारिक हुने भएको छ। प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनासँगै बिशिष्ठ व्यक्तिहरुको सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष शिब शर्माले जानकारी गराउनु भयो।
१९९५ सालमा स्थापना भएको उक्त संस्था सम्भबत जापान भरि रहेको नेपाली संस्थामा सबैभन्दा पुरानो रहेको संस्थाका बरिष्ठ उपाध्यक्ष माधब सिग्देल जानकारी गराउनु भयो । भिजन अनलाईनसँग कुरा गर्दै उक्त संस्था स्थापना कालमा ५ /६ जना मात्र जम्मा भई नेपाली पर्बसंगै मनाउनु पर्छ भन्ने उद्देश्यका साथ स्थापित सोसाईटीले दसैँ ,तिज ,तिहार जस्ता कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु बोलाई मनाृरञ्जन गरी मनाउने गर्ने गरेको पनि जानकारी गराउनु भयो । नेपालमा ठुलो भुकम्प जादा ७० लाख बराबरको सहयोग देखि बैशाखी मेला, नेपाल फेस्टिबल , नेपालीहरुको दुखमा मलम लगाउने काममा निरन्तर लागिरहेको छ।
जापानको भुकम्प देखि बाढीपहिरो जादा समेत सक्रिय भई सोसाईटीले सहयोग गर्दै आएको कुरा सोसाईटीका वर्तमान बरिस्ट उपाध्यक्ष माधव सिग्देलले बताए। जापानी समुदायमा अझ परिचित रहेको सस्था सोसाईटीको हाल २६ औँ अधिबेशन जुनको १९ तारिक शनिबार हुने भएको हो। सस्थाका वर्तमान अध्यक्ष शिब शर्माको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ भने सदस्यहरुमा सोसाईटी कै पुर्ब अध्यक्ष छत्र दाहाल ,रामकृष्ण श्रेष्ठ ,लक्ष्मण बानिया ,पुरुषोत्तम सिग्देल र नबिन अधिकारी रहेका छन्। निर्वाचन समितिले उमेद्वारीको लागि उम्मेद्धारी आह्वान गरेको छ।
उम्मेद्धारी सम्बन्धि थप जानकारी तथा उम्मेद्धारी फाराम