जापान, जेठ २७ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्हरुले निष्पक्ष छानविनको माग गर्दै अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका छन । एनआरएनए जापानको बिभिन्न कार्यकालमा आर्थिक अनियमितता भएको र अध्यक्ष भण्डारी स्वयम आर्थिक अनियमिततामा संलग्न भएको देखिएकोले अध्यक्ष देविलाल भन्डारीले राजिनामा दिएर मार्ग प्रसस्त गर्न माग गर्दै बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्गको नेतृत्वमा केन्द्रका अध्यक्ष कुमार पन्तलाई सम्बोन्धन गर्दै जापान स्थित राजदुत प्रतिभा राणालाई बोधार्थ दिई उक्त आर्थिक अनियमितताको निष्पक्ष छानमिनको माग गर्दै निबेदन दिएको उपाध्यक्ष अनिता गुरुङ्गले भिजन अनलाईन न्यजलाई जानकारी गराउनु भयो ।
केहि समय अघिदेखि एनआरएनए जापानमा आर्थिक अनियमितता भएका विवरणहरु विभिन्न संचार माध्यम, तथा सामाजिक संजालहरुमा आएकोमा र छानमिन समितिले समेत आर्थिक अनियमितता भएको देखाएको प्रति दुख ब्यक्त गर्दै गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) का अध्यक्ष कुमार पन्तलाई निष्पक्ष छानविन गरी सत्य तत्य बाहिर ल्याउन माग गरेका हुन।
हिजो बुधवार सार्वजनिक गरिएको उक्त पत्रमा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष सहित २२ जना सदस्यद्वारा हस्ताक्षर गरि आईसीसीमा पठाएको जनाएका छन् ।
समाजसेवा गर्ने नाउँमा कमाउ धन्दा भएको हुन सक्ने आशंका ब्यक्त गर्दै लामो समय देखि विभिन्न निकायहरुमा पिडतका निवेदनहरु दर्ताभएको भए पनि हाल सम्म सुनुवाई हुन नसकेको जापानमा दुर्घटना भएर मृत्यू भएकाहरुको हिसाब परिवारलाई लामो समय सम्म पनि उपलब्ध नगराएको र उच्च स्तरिय छानविन समितिले गत ६ तारिक सार्वजनिक गरेको प्रतिवेदनमा बर्ष २०१९–२०२१ कार्यसमितिलाई पनि दोषी ठहर गरेकोले आफूहरु पनि शंकाको घेरामा तानिएको भन्दै पुनः एक उच्च स्तरिय छानविन समिति बनाउन नेपाली राजदूतावास, एनआरएनए आईसीसी तथा विभिन्न अभियन्ताहरु समक्ष माग गरिएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ, ‘यस कार्यमा संलग्न भई गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले अध्यक्ष देविलाल भण्डारीले नैतिकताको आधारमा राजिनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रसस्त गर्न अनुरोध गर्दछौं ।’
महामहिम राजदूत प्रतिभा राणा–नेपाली राजदूतावास टोकियो, एनआरएनए एशिया प्यासेफिक संयोजक–गोविन्द श्रेष्ठ, एनआरएनए एशिया प्यासेफिक उपसंयोजक– पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई बोधार्थ दिईएको ४ पृष्ठको पत्रमा विभिन्न ५ वटा संचारमाध्यमका लिंकहरु पनि संलग्न गरिएको छ । वरिष्ट उपाध्यक्ष अनिता गुरुङले नैतिकताको प्रश्न उठेको भन्दै अध्यक्षले राजिनामा दिनु पर्ने बताईएका छन् ।
उक्त पत्रमा गत ६ तारिक उच्च स्तरिय छानविन समितिद्वारा एनआरएनए जापानमा विभिन्न चरणमा आर्थिक अनियमितता भएको विवरण बहिर ल्याएपछि राजिनामा गरेको सार्वजनिक गरेका एनआरएनए सदस्यद्वय सुरेश गिरी र राजेश खनालको समेत हस्ताक्षर रहेको देखिन्छ । राजिनामा दिईसकेका ब्यक्तिको हस्ताक्षरलाई आधिकारीक मान्ने कि नमान्ने भन्ने पनि प्रश्न खडा गरेको छ । एनआरएन जापानमा आर्थिक अनियमितता भएको भन्दै पहिलो पटक सुचना सार्वजानिक गर्ने वर्तमान प्रवक्ता सिद्दार्थ श्रेष्ठको नाम र हस्ताक्षर भने यो निवेदनमा समावेस रहेको छैन ।
छानबिनको लागि बहुमत सदस्यद्धारा जारी पत्र
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।