एनआरएनए जापानमा आर्थिक अनियमितताको पुष्टि, नैतिकताको आधारमा कार्यसमिति सदस्य राजेश खनालले दिए राजिनामा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  544 पटक हेरिएको

जापान, जेठ २४ । 

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिनेको संख्या बढेको छ । यसै क्रममा एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेसँगै नैतिकताको आधारमा कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजिनामा दिएको छ । उनले भिजन अनलाईन न्युजलाई जानकारी गराउदै आर्थिक अनियमितता भएको स्पष्ट भईसकेको अबस्थामा पनि संस्थामा बस्नु ईमान्दार र संस्था प्रति जिम्मेवार ब्यक्ति उक्त अनियमिततालाई छानमिन गर्नको लागि पनि मार्ग प्रसस्त गरिदिनु पर्ने उनको तर्क रहेको छ । यस्तो पबित्र संस्थामा हुने ध्रुत प्रबृतिलाई निष्तेज पार्न सबैले राजिनामा गरेर छानबिन समितिलाई सहयोग गर्नुपर्ने जनाएको छ ।

सत्य तथ्य प्रस्ट रुपमा नआउदाका दिन सम्म एनआरएनए जापानका सम्पूर्ण कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध समेत गरेका छन् । छानबिन समितिले अनियमितता भएको तर कसले कहिले कति अनियमितता गरेको भन्ने पनि स्पष्ट नभएकोले पनि आगामी दिनमा हुने कारबाही प्रति नै स्पष्ट नभएको पनि जनाएको छ । संस्थाको गरिमालाई समेत समाप्त पार्ने भन्दै यसलाई बचाउनको लागि पनि छानबिनको दायरा बढाई कारबाही थाल्नु पर्ने समेत जनाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ़नुस ।

प्रशासनिक अनबिज्ञता, कार्यबिधि र लेखा परिक्षण सम्बन्धि अपरिपक्वताका कारण आर्थिक अनियमितता भएको छानबिन समितिको निष्कर्ष

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार