महन्थ र उपेन्द्र अध्यक्ष रहने गरी जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई तेस्रो बर्गीयतामा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  953 पटक हेरिएको


काठमाडौं, जेठ २५ ।  

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समय सिमाको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको एक नेताले बताए । दल दर्ताबाट बनेको नयाँको पार्टी अध्यक्षको तेस्रो बर्गीएतामा बाबुराम रहेका छन । उनलाई भने नाम मात्रको अध्यक्षको दर्जा दिईएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार