
काठमाडौं , जेठ २१ ।

कोरोना संक्रमणबाट ग्रसित धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
कोरोनाबाट संक्रमित उनको ५५ बर्षको उमेरमा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । निजको पार्थिव शरीरको आजै अन्त्यष्टि गरिने परिवार स्रोतले जानकारी गराएको छ ।




592 पटक हेरिएको 
















