कोरोना संक्रमणबाट जिल्ला अदालत धादिङ्गका न्यायाधीश पौडेलको निधन

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  90 पटक हेरिएको

काठमाडौं , जेठ २१ ।

कोरोना संक्रमणबाट ग्रसित धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।

कोरोनाबाट संक्रमित उनको ५५ बर्षको उमेरमा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । निजको पार्थिव शरीरको आजै अन्त्यष्टि गरिने परिवार स्रोतले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार