सोमवार थप १३ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १८ सय ११ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  672 पटक हेरिएको

 

काठमाडौं, जेठ १९ ।   

सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार थप १३ जनामा संक्रमण पुष्टि भएको एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, पाल्पाका दुईजनामा संक्रमण पुष्टि हुँदा नवलपरासी, गुल्मी र रुपन्देहीमा एकएकजनामा संक्रमण देखिएको छ।

उनीहरु सैबको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। सोमबार पुष्टि भएका १३ जनासँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ। यसअघि सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए। हालसम्म २२१ जना भने स्वास्थ्यलाभ लिई घर फर्किएको छ ।

मन्त्रालयद्वारा जारी बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार