काठमाडौं, जेठ १७ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एमसीसी अनुमोदनको जिम्मेवारी संसदको भएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पर्टी सचिवालय बैठकले एमसीसी अनुमोदन के गर्ने भन्ने बारेमा संसदमै छलफल हुने निष्कर्र्ष निकालेको हो ।
बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निणयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताएका थिए । प्रवक्ता श्रेष्ठले बैठकले संसदमा एमसीसीको विषयमा अर्थमन्त्रीले सोहीअनुसार जवाफ दिने निर्णय समेत भएको बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी थिए । एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल गर्न उनीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गत केन्द्रीय समिति बैठकमा नेकपाले झलनाथ खनालको संयोजकत्वमा एमसीसीबारे अध्यन गर्न कार्यदल गठन गरेको थियो । रावल र ज्ञवाली एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् । उक्त कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो ।




608 पटक हेरिएको 
















