स्वदेश फर्कन चाहनेलाई ल्याऊने सरकारको निर्णय, पहिलो पटकमा २५ हजार नागरिक स्वदेश फर्काइने

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  488 पटक हेरिएको

vision-online-advertise
काठमाडौं, जेठ १६ । 

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो ।

विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र संकलन गरेर सूची तयार पार्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

यसअघि मन्त्रिपिरिषद बैठकले यसअघिनै भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ । अब सोही कार्ययोजना अनुसार सम्बन्धित गन्तव्य मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काइने भएको तयारी भएको छ ।

सरकारले पहिलो चरणमा विदेशमा उपचार गर्न गएका, विदेशमा रोकिएर काजकिरिया गर्न नपाएका, कार्यक्षेत्रबाट निकालिएर अलपत्र हालतमा रहेका नागरिकलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै नेपाल भारतसीमाबाट नेपाली भित्र्याउन त्यसको व्यस्थापन छिटो गर्ने निर्णय बैठकले गरेको छ । कतिपय श्रम गन्तव्य मुलुकले नेपाली नागरिकलाई आफैंले विमान चार्टर्ड गरेर फिर्ता पठाउने प्रस्तावसमेत पठाएका छन् तर नेपालले आफ्नै देशको बिमान कम्पनीहरुलाई प्राथमिकतामा राखेर उडान भर्ने र त्यसैबाट स्वदेश फर्काउने प्रवक्ता बिडारीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा लकडाउनका बारेमा पनि छलफल भएको थियो । प्रवक्ता बिडारीले लकडाउनका बारेमाा कुनै निर्णय नभएको र लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।

vision-online-advertise

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार