थप ९० जनामा कोरोना संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  520 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ १३ ।  

नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । नेपालमा ९० जना एकै दिन संक्रमण पुष्टि भएको यो नै पहिलो घटना हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.13

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.13#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Tuesday, May 26, 2020

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार