काठमाण्डौँ, जेठ १२ ।
नेपालमा सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषा, कपिलवस्तु, बाँके, बर्दिया, रौतहट, काठमाडौं, सप्तरी, बारा र दैलेखमा गरी सोमबार बिहान ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । आज पुष्टि भएकाहरुमा १ जना महिला र ७४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी बिज्ञप्ति