प्रधानमन्त्री ओलीको प्रस्ताव सहमति कायम गरौं, राष्ट्रिय सरकार बनाई चुनाबमा जान आह्वान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  234 पटक हेरिएको

काठमाडौं, जेठ ७ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति गरेर सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘म अहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

उनले शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेका छन् । वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका भन्दै उनले भने, ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा, सवैलाई समेटेर साझा भूमिका खेल्नेछु ।’

अरु कुनै उपयुक्त विकल्प छ भने त्यो पनि प्रस्तुत गर्न देउवालाई आग्रह गरेको प्रधानमन्त्री ओलीले बताए । ‘कमसेकम यो विकल्प हो भनेर हिम्मतका साथ भन्नुहोस्’ उनले भने । पत्रकार सम्मेलनमा हिजोको राष्ट्रियसभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेद्धारलाई भोट नहाली बागी उम्मेद्धारलाई भोट हाल्ने नेपाल समुहका नेता कार्यकर्तालाई पनि कारबाही गर्ने बताएका छन । यसले आगामी दिनमा नेपाल ओलिको सहकार्यको ढोका पनि बन्द भएको जनाउ दिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार