प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न राष्ट्रपतिले दिइन् २१ घण्टाको समय, प्रधानमन्त्रि ओलिले बिश्वासको मत नलिने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1171 पटक हेरिएको

काठमाडौं, जेठ ६ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्तिको आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् । यसका लागि उनले जम्मा २१ घण्टा समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय र प्रधानमन्त्रीको अनुरोधका आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख गरिएको छ । उक्त पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।

राष्ट्रपति भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएकी छन् । तर राष्ट्रपतिले दिएको समयसिमा भने पर्याप्त नभएको राजनितिक बिश्लेषकहरु बताउछन ।

राष्ट्रपतिद्धारा जारी बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार