रौतहटको वृन्दावन नगरपालिका २ पुरुषमा कोरोना संक्रमण पुष्टि संक्रमण संख्या ५४ पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  786 पटक हेरिएको

vision-online-advertise

काठमाडौँ, बैशाख १६ ।

नेपालमा थप दुई जनामा कोरोना (कोभिड १९) संक्रमणको पुष्टि भएको छ। रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।


उनीहरु दुवै जना लकडाउन सुरु भएसँगै नेपाल प्रवेश गरेका थिए। दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडमौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएका उनीहरुको कोरोना रिपोर्ट पाजेटिभ आएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना संक्रमित व्यक्ति उपचार पछि घर फर्किसकेका छन् । अन्य संक्रमितको नेपालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।अन्य संक्रमितको स्वास्थ्य अबस्था भने सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार