
काठमाडौं, वैशाख ८ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए । नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटबारे अहिले कुनै पनि प्रतिक्रिया नदिने तर आफ्ना पक्षका नेता कार्यकर्ताहरुसँग छलफल गरि संचारमाध्यमलाई जानकारी तथा प्रतिक्रिया दिने बताए ।
नेकपा बिघटन पछि संवाद हिनमा बदलिएको दुई शिर्ष नेताहरु बिच लामो समय पछि एकल भेटवार्ता भएको हो । नेकपा बिघटन पश्चात पुर्ववत एमालेमा फर्किए पछि दुई नेता बिच तिब्र बिबाद र निषेधको राजनिति गतिबिधिका साथ अघि बढिरहेको नेकपा एमाले पार्टी भित्रको बिबाद आजको दुई शिर्ष नेताको संबाद केहि हदसम्म सकारात्मक रहेको र संवादको थालनि हुनु सकारात्मक भएको बुझ्न सकिन्छ ।




487 पटक हेरिएको 
















