सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  237 पटक हेरिएको

काठमाडौं, वैशाख ४ ।  

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस गरेको छ ।

एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो । एआईजी बढुवाका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि प्रतिष्पर्धामा थिए । तर वरियतामा अगाडि रहेका अर्याललाई नै एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

हालका आईजीपी केसीले ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अवकाश पाउँदैछन् । त्यसपछि अर्याल सशस्त्र प्रहरीको नेतृत्वमा पुग्नेछन् । उनले चार वर्षसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।

अर्थको सिफारिस पत्र 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार