बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  695 पटक हेरिएको

vision-online-advertise

धादिङ, बैशाख ४ ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु भएको छ ।  कोरोना भाईरस नियंत्रणको लागि बाह्य ब्यक्तिको प्रवेश रोक्न भन्दै स्थानीयहरूले लगाएको छेकबारकारण ति व्यक्तिको खसेर निधन भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका लागि स्थानीयले लगाइएको छेकबार पार गर्न खोज्दा पुलबाट बगरमा खस्दा ३८ वर्षीय होमबहादुर रानाको मृत्यु भएको हो । 


चितवनबाट पैदलयात्रा आएका ज्वालामुखी गाउँपालिका वडा नं ५ बाँझगराका रानाले बुधबार नै घरमा फोन गरेर आफू घर आइरहेको बताएका थिए । 

गोरखा र धादिङ जोडने उक्त पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर मृत्यु भएको स्थानीयले बताएका छन् । घटनाबारे थप विषय अनुसन्धान पछि आउने धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार