काठमाडौं, वैशाख १ ।
निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो ।
फोटो राखेर प्रचार सामग्री बनाउन दिने विषयमा तपाईंको सहमति हो कि होइन भनेर स्पष्टीकरण माग्ने निधो भएको हो’ आयोग स्रोतले भन्यो, ‘सहमति होइन भने त्यस्तो फोटो सहितको प्रचारसामग्री देख्दादेख्दै आयोगमा किन उजुरी गर्नुभएन भनेर सोध्ने निर्णय भएको हो ।’आयोगले माओवादी केन्द्रको प्रचार सामग्रीमा फोटो सहमतिमै राखिएको हो कि होइन भनी प्रश्न गरेको छ ।
तर कुलमान घिसींङले उक्त फोटो राख्न आफूलाई नसोधिएको र उक्त कार्यप्रति आफ़्नो विरोध रहेको जनाईसकेको छ भने पछि सामाजिक संजालमा कुलमान घिसींङ र नेकपा माओबादी केन्द्रको तीव्र बिरोध आएपछि भने उक्त पोस्टरबाट कुलमानको फोटो हटाएको थियो ।