नेपालमा ३ जना नया कोरोना संक्रमित भेटियो, कोरोना संक्रमितको संख्या ९ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  886 पटक हेरिएको

vision-online-advertise

काठमाण्डौ, चैत २२ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व आतंकित छ । यसै सन्दर्भमा नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पोजेटिभ देखिएको छ । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । 


कैलालीमा कोरोना देखिएकी महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा  पहिलो पटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सङ्क्रमण भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । आज एकै दिन ३ जना कोरोना भाईरस पुष्टि हुदा यसले जनमानसमा त्रसित र चिन्तित तुल्याएको छ । भारतमा पछिल्लो समय ब्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण भारतबाट नेपाल फर्किएका नेपालीमा उक्त संक्रमण देखिएको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार