गैर आवासीय नेपाली संघ जापानको सेन्दाई क्षेत्रिय कार्यसमिति चयन, संयोजकमा हरि गोपाल श्रेष्ठ सर्वसम्मत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1435 पटक हेरिएको

सेन्दाई जापान, चैत्र ८ । 

गैर आवासीय नेपाली संघ जापानले क्षेत्रिय समन्वय समिति सेन्दाई बिस्तार गरेको छ । आज एक औपचारिक कार्यक्रमका बिच सेन्दाई शहरमा सम्पन्न भेलामा नेपाली समुदायको बाक्लो उपस्थित रहेको गैर आवासीय नेपाली संघ जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताएका छन । आज सम्पन्न भेलाबाट क्षेत्रिय संयोजकको जिम्मेवारीमा हरि गोपाल श्रेष्ठ उपसंयोजक छिरिङ्ग नुरू शेर्पा, बिमल जिएम , सन्दिप जिसी सचिब साबित्री लामा , सह सचिब निमा तामाङ, बिनोद मतहरा कोषाध्यक्ष कृष्ण बिक्रम घिर्सिङ सह–कोषाध्यक्ष समिर चौलागाई सदस्यहरू सम्झना मोक्तान, टिका वलि, देबी कुमारी थापा, प्रकाश बिक, अशोक निरौला, कमल बाँनिया सर्वसम्मत निर्वाचित भएको हो ।

शुरुमा दुई प्यानलमा मनोनयन दर्ता भए पनि आपसी समहमती बनाई सर्वसम्मति बनाउन सफल भएको प्रवक्ता सिद्धार्थ श्रेष्ठले जनाएको छ । आजको भेलाबाट १५ सदस्यीय कार्यसमिति चयन भएको छ भने बाक़ी ६ सदस्य सेन्दाई क्षेत्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने प्रबक्ता सिद्धार्थ श्रेष्ठले जानकारी गराउनु भयो।

उक्त भेलामा क्षेत्रिय उपाध्यक्ष दिपक कार्की को सभापतित्व, प्रमुख अतिथि युवा उपाध्यक्ष नबिन निउरे बिषेस अतिथि महासचिब जनक बिक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, महिला संयोजक संगिता अधिकारी सुबेदी, सल्लाहकार शिब प्रसाद पौडेल, तेज अर्याल, सदस्य रामकृष्ण श्रेष्ठ, कृष्ण खनाल, निगता संयोजक दिपक सुनार, तोचिगी संयोजक रतन क्षेत्रि र सेन्दाई निबर्तमान सन्तोष चौहानको उपस्थितिका साथै शुभकामना मन्तब्य दिएका थिए भने आजको उक्त कार्यक्रम संचालन भने बिकास बस्नेत र टिकाराम खरेलले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार