कोरोना भाईरस कोडिप १९ सार्क आपतकालीन कोषमा नेपालको १० करोड सहयोग

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  891 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ७ ।

कोभिड १९ सार्क आपतकालीन कोषमा नेपालले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार  राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा १० करोड रुपैयाँ योगदान गर्नेे बताएका हुन् ।

सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।


भारती प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फरेसमा यो कोषको घोषणा गरिएको थियो । भारतले एक करोड अमेरिकी डलर योगदान गर्ने बताएको छ ।

कोरोना भाईरसको त्रास र त्यसको संक्रमण न्यूनिकरणको लागि सार्क राष्ट्रहरू एक भएको छ । यसै सन्दर्भमा भारत नेपाल लगायतका देशहरूले सार्क आपतकालीन कोषमा रकम जम्मा गर्न शुरू भईसकेको छ । यो रकम सार्कका कुनै पनि देशले प्रयोग गर्न पाउनेछन् ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार