डिजेल, पेट्रोलको मूल्यमा गिरावट, प्रति लिटरमा २ रुपैयाँ घट्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  620 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, चैत ३ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।


निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार