
काठमाडौँ, चैत २ ।

चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका १५१ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५१ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट आइतबार बेलुकी १२ बजेसम्म एक लाख ६२ हजार ५ सय ३२ जना (१,६२,५३२) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ४ सय ४६ पुगेको छ ।
इटलीमा कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या शुक्रबार एकै दिन २५० जनाको ज्यान गएकोमा शनिबार भने घटेर १७५ मा झरेको थियो भने आईतबार पुन: बढेको हो । आईतबार राति १२ बजेसम्मको तथ्यांक अनुसार इटलीमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ०९ (१,८०९) पुगेको छ । शनिबार मात्रै इटलीमा ३ हजार ४ सय ९७ जना नयाँ संक्रमित फेला परेका छन् ।
यो संँगै इटलीमा कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ (२४,७४७) पुगेको छ। यससँगै इटललीमा १ हजार ९ सय ६६ जना उपचारपछि घर फर्किएका छन् । १ हजार ५ सय १८ जना (१,५१८) को गम्भीर अवस्थामा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यम सिन्हाले जनाएका छन् ।
चीनमा फेरी मृत्यु हुनेको संख्या बढ्यो
कोरोना भाइरसको उद्गम स्थलको रुपमा चिनिएको चीनमा शुक्रबार कसैले पनि ज्यान गुमाउनु परेन । तर शनिबार भने पुनः कोरोनाकै कारण १० जनाको ज्यान गएको चिनिया संचारमाध्यम सिन्हाले जनाएको छ।
हालसम्म ८० हजार ८ सय ४४ जना संक्रमित भएको चीनमा ३ हजार १ सय ९९ (३,१९९) जनाको ज्यान गएको छ। जसमध्य ६६ हजार ९ सय ११ जना उपचारपछि घर फर्किएका छन् । ३ हजार ६ सय १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
इरानमा झन् बढ्यो संक्रमण र मृत्युदर
यस्तै इरानमा पनि कोरोनाको महामारी देखिएको छ । शुक्रबार ८५ जनाले ज्यान गुमाएको इरानमा पछिल्लो २४ घण्टामा मात्रै इरानमा ९७ जनाको ज्यान गएको थियो आईतबार यो संख्या झन बढेक़ो छ । आईतबार एकै दिन ११३ जनाको निधन भएको छ ।यो सँगै इरानमा ज्यान गुमाउनेको संख्या ७२४ पुगेको छ ।
शनिबार १ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएको थियो यो संख्या आइतबार झन बढेको छ । आईतबार साँझ १२ बजेसम्म थप नया १२ सय ०९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ योसँगै इरानमा जम्मा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ३८ पुगेको छ ।
यस्तै आईतबार बेलुकी १२ बजेसम्म स्पेनमा २ सय ८८ जना, दक्षिण कोरियामा ७७, फ्रान्समा १२० , यूकेमा ३५ , अमेरिकामा ५६, जापान ३१ र फिलिपिन्समा १२ जनाको ज्यान गएको छ। हालसम्म कोरोना प्रभावित १५१ देशको कोरोनाको अपडेट विवरण तलको तालिकामा उल्लेख छ । उक्त तथ्यांक समय अनुरूप अपडेट हुने हुनाले पाठकबर्गमा सामय र घटना अनुरूप थप हुने जानकारी गर्दछ ।
यससँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३५ पुगेको छ । शनिबार मात्रै ४०६ जनाको ज्यान गएको थियो ।
यस्तो छ १५१ देशको सूची (कोरोना अपडेट)
