प्रधानमन्त्री ओली मृगौला प्रत्यारोपणको १०औं दिन डिस्चार्ज भई बालुवाटार फर्किए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  847 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, फागुन ३० ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ। मिर्गौला प्रत्यारोपणको १० औं दिन स्वास्थ्यमा क्रमिक सुधार पछि उनलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो। ओली यही फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए भने २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।

डिस्चार्ज भएर बालुवाटार फर्किने क्रममा प्रधानमन्त्री ओलीले शुभेच्छुकलाई हात हल्लाएर अभिवादन स्वीकार गरेका थिए।
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए।


प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन्। चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आराम गर्न र रुघाखोकी तथा संक्रमण भएका व्यक्तिबाट टाढा रहन सल्लाह दिएका छन्।

अस्पतालमा रहँदा पनि उपचारमा संलग्न चिकित्सकबाहेक मिर्गौला दाता समीक्षा र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई मात्र प्रधानमन्त्रीलाई भेट्न दिइएको थियो।
अस्पतालबाट डिस्चार्ज भए पनि प्रधानमन्त्री ओली बालुवाटारमा चिकित्सकको निगरानीमै रहने छन्।

त्रिवि शिक्षण अस्पतालको प्रेस बिज्ञप्ति

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार