चीनले भन्‍यो – नोबेल कोरोनाको तीव्र संक्रमण समाप्त भयो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1047 पटक हेरिएको

vision-online-advertise

बेइजिङ, फागुन २९ । 

विश्‍व स्वास्थ्य संगठनले बुधबार रातिदेखि नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ विश्वभर महामारीको रुपमा फैलिएको घोषणा गर्‍यो । इटालीले क्‍वारेन्टाइन बढाउनुका साथै कडाइ गरेको छ । संयुक्त राज्य अमेरिकाले युरोपबाट हुने सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । भारतले सम्पूर्ण भिसाहरुमा प्रतिबन्ध लगाएको छ । जसका कारण युरोप र एसियाको शेयर बजारमा भारी गिरावट आएको छ । 

तर, कोरोना भाइरसको संक्रमण सुरु भएको कोरोना इपिसेन्टर चीनको वुहानमा भने कोरोना संक्रमितको संख्यामा कमी आएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले चीनमा कोरोना भाइरसको तीव्र संक्रमण सकिएको बताएका छ । आयोगका प्रवक्ताले बिहीबार भनेका छन्, “अहिलेको नोभेल करोना अर्थात कोभिड-१९ को प्रकोपको तीव्र संक्रमण समाप्त भएको छ ।” 


बुधबार मात्र चीनमा १८ जना कोरोना संक्रमित भेटिएका थिए । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट बिहीबारसम्म विश्वभर चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमणबाट बिहीबारमात्रै २० जनाले ज्यान गुमाएका छन् ।

चीनका संक्रमित ८० हजार ७९६ मध्ये तीन हजार १६९ को मत्यु भइसकेको छ । चीनमा ६२ हजार ८०९ जना संक्रमित उपचारपछि निको भएर घर फर्काइएका छन् । अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चार हजार २५७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

यस अघि चीनको कोरोना इपिसेन्टर वुहानमा राष्ट्रपति सी जिन पिङले भ्रमण गरेका थिए । उनले कोरोना संक्रमणमा दरमा कमी आउँदा कोरोना नियन्त्रणमा रहेको बताएका थिए । जनवरी २० वटा राष्ट्रव्यापी तथ्यांक लिन सुरु गरिएको चीनमा पछिल्लो साता संक्रमितको संख्यामा निकै कमी आएको हो । – सिन्ह्वा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार