काठमाडौँ, फागुन २८ ।
लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।
दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भर्न सकिने छ । एस.एल.सी वा सो सरहको परिक्षा उत्तीण बिद्यार्थीले लोक सेवा आयोगले खुलाइएको खरिदार पदमा दरखास्त दिन सकिनेछ । दरखास्त दिनको लागि आयोगले निर्धारण गरिएको फाराम भरी आबश्यक दस्तुर बुझाई हुलाकमार्फत वा सोझै आयोगको कार्यालयमा उपस्थित भएर दरखास्त बुझाउन सक्नुहुनेछ ।
१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।
लोकसेवा आयोगको बिज्ञापन