कोरोना भाईरसको जोखिम न्युनिकरणको लागि उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  649 पटक हेरिएको

काठमाण्डौँ, फागुन २८ ।

रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन् । बुधवार अपराह्न ३ बजे विश्वव्यापी महामारीको रूप फैलिएको नोबेल कोरोना भाईरस कोभिड १९ संक्रमणसँग लड्न र त्यसबाट नागरिकको सुरक्षाको बारेमा सरकारले खेल्नुपर्ने भुमिकाको छलफल तथा आबश्यक रणनीति सहितको कार्ययोजना तयार पार्न पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् ।


अहिलेसम्म नेपालमा नदेखिएपनि कोरोना नेपाल भित्रिने त्रास कायमै रहेको छ । कोरोनाबाट जोगिन सरकारले गरेको पूर्वतयारी र थप गर्नुपर्ने कामहरूका बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ५ वटै दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार