अस्थायी प्रतिबन्ध पछि नेपाल एयरलाइन्सले पनि रोक्यो कतार उडान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  611 पटक हेरिएको

काठमाडौं, फागुन २७।

नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो ।


नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।

टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गरिरहेको थियो । यस अघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइइन्सले समेत उडान रोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार