कोरोना भाइरसका कारण सीमाका सबै नाकामा निगरानी बढाउन गृहमन्त्री थापाको निर्देशन (निर्णयसहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  989 पटक हेरिएको

काठमाडौँ, फागुन २३ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण सिमाका सबै नाकामा निगरानी बढाउन निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले  यस्तो बताएका हुन् । उनले कोरोना भाइरसको त्रास फैलिएको बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउनेविरुद्ध गृह मन्त्रालयले अनुगमन तीब्र पार्ने जानकारी दिएका छन् ।

कोरोनाको प्रभाव न्यूीनकरणका लागि पूर्वतयारी स्थितिमा रहन पनि सुरक्षा संयन्त्रलाई गृहमन्त्री थापाले निर्देशन दिएका छन् । बैठकले माक्स लगायत दैनिक अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने पनि मन्त्रायल निर्णय गरेको छ ।


बैठकमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा लगायत उपस्थित थिए ।

गृह मन्त्रालयको निर्णयहरु                                     

  • – कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिको कार्यमा समन्वय गर्ने निर्णय गरियो ।
  • – कोरोना भाइरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणका साथै सो बाट प्रभावित हुन सक्ने सम्भावना, सो को लक्षणहरु साथै त्यसबाट पर्ने प्रभाव र सो बाट सुरक्षीत हुन अपनाउनु पर्ने सावधानी लगायतका विषयवस्तुको बारेमा छलफल गरियो ।
  • -कोरोना भाइरस (कोभिड(१९) को प्रभाव न्यूनिकरण गर्न पूर्वतयारी स्थितिमा रहने, देशको सीमा नाकाहरुमार्फत आवतजावत गर्नेहरुमाथी सुरक्षाकर्मीले थप निगरानी बढाउने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा परीक्षण गर्न सहयोग गर्ने, र जनमानसमा कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने निर्णय गरियो ।
  • -दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने साथै महङ्गी तथा कालावजारीको नियन्त्रण गर्न वजार अनुगमन गर्ने निर्णय गरियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार