कोरोना भाईरसका कारण चिनिया राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  739 पटक हेरिएको

जापान, फागुन २२ ।

जापान र चीनले कोरोनाभाइरसको प्रकोपका कारण चिनियाँ राष्ट्रपति शी जिनपिङको जापान भ्रमण स्थगित गर्न सहमत गरेका छन्। शीको जापान भ्रमण यही अप्रिलको सुरुमा निर्धारित गरिएको थियो।चीन र जापान लगायत बिश्व नै कोरोना भाईरसको चपेटा परेको अबस्थामा दुई देशको पारस्परिक सम्बन्ध बिस्तार तथा दुई देश बिचको व्यापारिक अबस्थालाई लिएर हुन लगेको चिनिया राष्ट्रपति शीको भ्रमण दुई देशबिचको पछिल्लो अबस्थालाई ध्यानमा राखेर स्थगित गरीएको हो ।

जापानमा पनि पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ़ेसंगै शैक्षिक संस्था लगायत सार्वजनिक स्थानमा भिडभाड गर्न समेत निषेध गरीसकेको अवस्था छ । जापानमा मात्र कोरोना भाईरसका कारण १२ जनाको निधन भईसकेको छ भने चीनमा मर्नेको संख्या ३ हजार १२ पगीसकेको छ । चीन र जापान स्वत:स्फूर्त रूपमा कोरोना भाईरसको नियन्त्रणको लागि दिन रात लागिरहेको छ । कोरोना भाईरसका कारण दुबै देशमा संक्रमण फैलिएको र यसलाई रोक्नु पहिलो प्राथमिकता रहेकोले दुई देशका उच्च स्तरीय छलफल पछि उक्त भ्रमण स्थगित गरिएको एनएचके न्युजले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार