
जापान, फागुन २२ ।

जापानबाट सुलभ, सुरक्षित अनी विश्वसनिय रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको क्योदाइ रेमिट्यान्स आइएमइले अङ्रेजी नयाँ साल २०२० को शुरुवात सँगै नयाँ क्याम्पियन “बोनस पोइन्ट क्याम्पियन-३” शुरुवात गरेको छ । क्योउदाईबाट नेपाल पैसा पठाऔँ, बोनस अंक बढाऔँ, आफन्त भेट्न नेपाल जाऔँ भन्ने मुल नारा सहित शुरु गरेको क्योउदाई रेमिट्यान्स आईएमईको उपहार योजना यहि जुन ३० मा सकिदै छ । योजना अबधी जनवरी १, २०२० देखी जुन ३०, २०२० रहेको क्योदाइ रेमिट्यान्स आइएमइले जनाएको छ ।
यस क्याम्पियन बमोजिम सेवाग्राहिले क्योदाइ रेमिट्यान्स मार्फत नेपालमा रहेका प्रापक तथा आफन्तलाई आइएमइ गर्दा प्रत्येक कारोबरमा बोनस पोइन्ट (३०००० यनसम्म पठाउदा १ पोइन्ट, ३०००१ यन देखी १५०००० यनसम्म पठाउदा २ पोइन्ट र १५०००१ देखी १०००००० यनसम्म पठाउदा ३ पोइन्ट) प्रदान गरिने क्योदाइ रेमिट्यान्स आइएमइले जनाएको छ । त्यही बोनस पोइन्टको आधारमा बिभिन्न समुहमा विभाजन गरी सेवाग्राहीलाई पुरस्कार बितरण गरिने फुकुओका स्थित क्योदाइ रेमिट्यान्स आइएमइका ब्रान्च म्यानेजर रामकृष्ण क्षेष्ठले भिजन अनलाईन न्युजलाई जानकारी दिनुभयो ।
उक्त योजना अनुसार २० देखी ३९ सम्म समुह-१, ४० देखी ६९ सम्म समुह-२, ७० देखी ११९ सम्म समुह-३ र १२० वा सो भन्दा माथि समुह-४ रहनेछ । सेवाग्राहिको जती धेरै बोनस पोइन्ट भयो त्यती नै धेरै समुहहरुका बिभिन्न लक्की ड्रहरु मा सहभागि हुन पाउने छन । समुह १, २, ३ र ४ बाट हरेक महिना २० जना भाग्यशाली बिजेतालाई ५००० येनको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । समुह २, ३ र ४ बाट हरेक महिना २ जना भाग्यशाली बिजेतालाई २ वटा ट्याब्लेट प्रदान गरिनेछ ।
यस्तै समुह ३ र ४ बाट हरेक महिना १ जना भाग्यशाली बिजेतालाई ब्राण्डेड हेडफोन प्रदान गरिनेछ, त्यसैगरी समुह ४ बाट प्रत्येक ३ महिनामा (मार्च र जुन महिनामा) १ जना भाग्यशाली बिजेतालाई ब्राण्डेड ल्यापटप प्रदान गरिनेछ र बम्पर उपहार स्वरुप योजनाको अन्तिममा सबैभन्दा धेरै बोनस पोइन्ट प्राप्त गर्नुहुने सेवाग्राहीले पाउनुहुनेछ नेपाल जाने आउने हवाइ टिकेट । क्योदाइ रेमिट्यान्स तथा आइएमइका संचालक, कर्मचारी एजेन्सी तथा यी सँग सम्बन्धित ब्यक्तीहरु उक्त योजनामा सहभागी हुन नपाउने पनि क्योदाइ रेमिट्यान्स आइएमइले जनाएको छ । यो योजना जापानमा रहने नेपाली ग्राहकबर्गमा मात्र लागु हुनेछ ।
