कोरोना भाईरसको त्रासका कारण नेपाल प्रहरीद्वारा मापसे चेकजाँच कार्य स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  626 पटक हेरिएको

काठमाडौं, फागुन २१ । 

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस (कोडिक-१९) त्रासका कारण विनाब्रेथ लाइजर हुँदै आएको मापसे चेकजाँच स्थगित भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विनाब्रेथ लाइजरबाट गरिने मापसे परीक्षण कोरोना त्रासकै कारण स्थगित गरिएको हो।

महाशाखाका प्रमुख भीम ढकालले भने, कारोनाको त्रास फैलिँदो छ । यसको प्रभाव ट्राफिक प्रहरीमा पर्नु स्वभाविक हो किनकि ट्राफिक प्रहरीले मापसे परिक्षण गर्ने क्रममा यात्रुको श्वास नै जाँच्नुपर्छ । विनाब्रेथ लाइजर मापसे परीक्षण गरिँदा जोखिम हुने देखियो त्यसैले अहिलेलाई स्थगित गरिएको छ । मापसे परीक्षण नै बन्द गर्ने भन्ने हुँदैन ।

ब्रेथ लाइजरको विकल्प के हुन सक्छ भन्ने विषयमा प्राविधिकसँग छलफल भइरहेको छ । यस विषयमा ट्राफिक प्रहरी गम्भिर छ,एसपी ढकालको भनाई छ । ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र हरेक दिन बेलुका ७ देखि ८ बजेसम्म २६ स्थानमा नियमित चेकजाँच हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार