काठमाण्डौ, फागुन १८ ।
कोरोना भाइरस संक्रमणको आशंकामा आज दुई जनालाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा चीनबाट आएका एक चिनियाँ नागरिक र दक्षिण कोरियाबाट आएका एक जना नेपालीलाई कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।
अस्पतालका प्रवक्ता अनुप बास्तोलाले उनीहरुलाई ज्वरो र रुघाखोकी लागेकाले उपचारका लागि भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले रुघाखोकी र ज्वरो आएका अन्यको पनि उपचार थालिएको छ ।
कोरोना भाइरसको लक्षण मौसमी रुघाखोकी जस्तै भएकाले नआत्तिन तर सावधानी अपनाउन डाक्टरले आग्रह गर्दै आएका छन् । सरकारले बिमानस्थलमा कोरोना भाईरस परीक्षणको लागि थप कडाई गर्ने बताई रहेको बेला चीनबाट आएका चिनिया नागरिकमा कोरोना भाईरसको लक्षण देखीएको हो । चीनका नागरिकलाई बिश्वका अन्य देशले प्रवेश निषेध गरी सकेको अवस्थामा नेपाल सरकारले कोरोना भाईरसलाई सामान्य रूपमा लिनु गलत रहेको र चीन, कोरिया तथा इटली हुदै आउने पर्यटकलाई तत्काललाई प्रवेश निषेध गर्नु पर्ने हुन्छ ।