इरानमाथि इजरायल र अमेरिकाको संयुक्त हमला, हमलामा ईरानको भारी नोक्सान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  62 पटक हेरिएको

काठमाडौं, फगुन १६ ।

इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। हाल ईरान र अमेरिका बिच बारम्बार बार्ता भईरहेको अबस्थामा अमेरिका र ईजायलले अचानक हमला बोलेको ईरानले जनाएको छ । ईरानको राजधानी तेहरानमा दुई देशको हमलामा भारी नोक्सान भएको आकलन गरिएको छ ।

ईरानलाई चारै तफर्पबाट घेरेर चौतर्फी आक्रमण गरीएको जनाएको छ । एक महिना लामो घेराबन्दीका बिच अमेरिका र ईजरायलले हमला गरेको हो । दुई देशको संयुक्त हमलामा ईरानको एटमी साईट, ब्यालेष्टिक मिसाईल निर्माण साईट र तेहरान लगायतका मुख्यमुख्य स्थानमा आक्रमण गरेको जनाएको छ । यो युद्ध क्षेत्रिय युद्धमा बदल्ने रणनितिका साथ ईरानले पनि मिडलईष्टका सबै देशमा रहेको अमेरिकि बेस माथि हाईपसोनिक हमला गरेको छ ।

इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक क्षेप्यास्त्र क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले गरिएको इजरायली रक्षा मन्त्रालयले दाबी गरेको छ ।

सम्बन्धित समाचार यो पनि अध्ययन गर्नुस ।

अमेरिकि आक्रमण पछि इरानी संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गर्यो, खामेनीबाट अनुमोदन हुन बाँकी

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार