काठमाडौं, फागुन १५ ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे ।
शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’ राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उgको भनाइ छ ।
राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनबको भनाइ थियो । सभामुख सापकोटाले भने, मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।’ संवैधानिक निकायहरूमा भएको नियुक्तिबारे सोधिएको प्रश्नमा उनले अदालतमा बहस भइरहेको विषयमा टीकाटिप्पणी गर्नु उचित नहुने बताए ।