सुटेड बुटेड र चिल्ला कार चढेर हिड्ने सबै नेताको सम्पति छानबिन गरौ:-डा.भट्टराई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  787 पटक हेरिएको

काठमाडौं, फागुन १४ ।

पूर्व प्रधानमन्त्रि तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आज प्रतिनिधि सभामा विविध बिषयलाई समावेश गरी आफ्नो धारणा राखेका छन । आफ्नो प्रधानमन्त्रिको कार्यकालमा मातातिर्थको नेपाल ट्रष्टको जग्गा नक्काली मोही खडा गरी व्यक्तिको नाममा नामसारी गरीएको उक्त बिषयमा प्रधानमन्त्रि के.पि शर्मा ओलिले भट्टराई माथि पनि छानमिन गर्ने बताए पछी आक्रोसित भएका भट्टराईले बिशेष समय लिई आफ्नो धारणा राखेका थिए । संसदमा धारणा राख्नु भन्दा एक दिन पहिले मातातिर्थ स्थानीयको घर-घरमा पुगि आफ्ना कार्यकालमा भएका निर्णयमा कही नक्कलि मोही खडा गरी अन्य व्यक्तिले पाएको छैन भनि स्वयं अनुगमनमा निस्केका थिए । स्थानीयको साथ पाएका भट्टराईले आज आफ्नो कार्यकालमा भएको निर्णय सही भएको जिकिर समेत गरेका छन ।

यससंगै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै नेता र सांसदहरुको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले आफू लगायत सबैको सम्पत्ति छानवीन गर्न प्रस्ताव गरेका हुन् । आफूहरु जनयुद्धको बेलामा साथीहरुले दिएको जडौरी लुगा र चप्पलको भरमा हिँडेको भन्दै उनले आज कसरी सुटेड बुटेड भएका छौं भन्दै प्रश्न गरे ।

‘सबैको सम्पत्ति छानवीन गरौं । म लागयत हामी सबैको । हिजो हामी साथीहरुले दिएको जडौरी लुगा र साथीहरुले दिएको चप्पल लगाएर हिँड्थ्यौं । आज हामी कसरी सुटेड बुटेड भएका छौं कसरी चिल्ला कार चढेर हिँडेका छौं । कसरी महल भएका छन्’ डा भट्टराईले प्रश्न गरे ।
उनले केही दिनअघि प्रधानमन्त्रीको जन्मघरको तस्वीर देखेको र आफ्नो पनि त्यस्तै बुकुरो घर गोरखामा रहेको उल्लेख गरे ।

‘प्रधानमन्त्री ज्यू को अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरि, मेरो पनि त्यस्तै छ तर अलि राम्रो छ गोर्खामा । त्यस्तो बुकुरो घर भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं ?’ उनले प्रश्न गरे ।

‘म अलिकति गणितमा चासो राख्ने मान्छे पनि हो । अर्थमन्त्री पनि भइटोपलेको मान्छे’ संसदमा उनले भने,‘हाम्रो कमाइले लाख प्रयास गर्दा पनि, हाम्रो जुन दृश्य कमाइ छ तपाई हाम्रो जो सुकैको दृश्य कमाइले त्यो बुकुरो घरबाट यहाँ काठमाडौंमा महल बनाउने हैसियत पुग्दैन यसको छानवीन गरौं यसको निमित्त म सबैसँग आग्रह गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार