सचिवालयको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछी नेकपामा हलचल

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1539 पटक हेरिएको

काठमांडौ, फागुन १४ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि पार्टीमा हलचल मच्चिएको छ । प्रधानमन्त्रि ओलि नेकपा सचिवालयको पछिल्लो निर्णयप्रति सशंकित छन । पार्टीमा अल्पमतमा परेका ओलि पार्टी निर्णय नै नमान्ने पक्षमा छन ।

बुधवार बसेको सचिवालय बैठकमा सर्वसम्मत रुपमा वामदेवको नाममा सहमति जुटेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई बताएका थिए । तर लगत्तै ओलीले सचिवालयका केही सदस्यलाई फोन गरेर आफूले वामदेवलाई सिफारिस नगरी डा. युवराज खतिवडालाई नै सिफारिस गर्ने चेतावनी दिएका थिए ।

स्रोतका अनुसार ओलीले बैठक सकिएपछि पहिलो फोन वरिष्ठ नेता माधवकुमार नेपाललाई गरेका थिए । फोनमा उनले राष्ट्रियसभामा युवराजकै नाम पठाउने, वामदेवलाई पठाउन नसकिने र सबै परिस्थितिको सामना गर्न तयार रहेको चेतावनी दिएका थिए ।

ओलीको चेतावनी सुनेपछि नेता नेपाल बालुवाटार पुगेका छन् । दुवै नेताबीच पार्टीको विवाद समाधान गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । सचिवालय बैठकपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने निजी निवास खुमलटारमै रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार