बिमलको ह्याट्रिक्ससंगै मच्छिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  632 पटक हेरिएको

काठमाण्डौं,फाल्गुन १३

मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ।

पहिलो हाफमा दुई गोल गरेको मछिन्द्रले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको २० औंमिनेटमा बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलए। विशाल राइले २९ औं मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए।

खेलको ४९ औं मिनेटमा रेजिन सुब्बाले मछिन्द्रको अग्रता तेब्बर बनाए। दोस्रो हाफको खेलमा निकै आक्रमक बनेको मछिन्द्रको लागि बिमल रानाले खेलको चौथो गोल गरे। त्यसपछी ८१औं र ८७ औंमिनेटमा गोल गर्दै बिमल घर्ती मगरले ह्याट्रिक पनि पूरा गरे। सन्डे एफसि कोलकत्ताका लागि ८५ औं मिनेटमा सन्दिप बौरोले सान्त्वोना गोल गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार