टर्की र ग्रीस पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरेल पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1292 पटक हेरिएको

काठमाडौं, फागुन ११ ।

वैदेशिक रोजगारका लागि टर्की र ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ रतुवामाई नगरपालिका-६ बुधबारे घर भई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटी बस्ने ५२ बर्षीय कमल प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रीसको वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारी विभिन्न मितिहरुमा ३२ जनासँग नगद ३९ लाख ५६ हजार रुपैयाँ लिई सम्पर्क विहीन भई फरार भएको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पोखरेललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार