काठमाडौं, फागुन ११ ।
सर्बोच्चको निर्णयसँगै नेकपा ओलि समुहका नेता महेश बस्नेतले १८० डिग्री फर्किएर पार्टीलाई पुरानै अबस्थामा लानुपर्ने बताएका छन । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गरेर अगाडी बढ्ने बताएका छन् ।
‘मुलुक राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नुपर्ने उनको भनाइ छ ।
सँगै, अहिलेको नेकपालाई सुदृढ बनाउदै अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।
संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ । तर, २०५२ देखि ०६२ सम्मको राजनीतिक विकृति दोहोरिन दिन नहुने बस्नेतले बताए । ‘नेताहरुले २०५२ देखि २०६२ साल सम्मको राजनीतिक विकृति र विसंगतितर्फ मुलुक लैजादैनौं भनेर सुझबुझपूर्ण ढंगले अबको राजनीति ह्याण्डिल गर्नुपर्छ’, उनले भने ।