शासन सनकमा हैन विधिले चल्छ, सर्वोच्चले बिधिको शासनको स्थापित गरिदयो: गगन थापा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  565 पटक हेरिएको

काठमाडौं, फागुन ११ ।  

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्थापना गरिदिएर देशलाई विधिको शासनको मूल ट्रयाकमा फर्काइदिएको बताएका छन् । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै बाह्रखरीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सर्वोच्चले सनकको शासनलाई लगाम लगाइदिएको बताए । “सर्वोच्च अदालतले फेरि एकपटक जस्तोसुकै अफ्ठ्यारोमा पनि हाम्रो न्यायलयसँग विवेक पुर्‍याएर निर्णय गर्ने क्षमता छ भन्ने कुरा स्थापित गरेको छ ।

कार्यकारी प्रधानमन्त्री र संविधानको रक्षक राष्ट्रपति चुक्दै गर्दा न्यायपालिकाले देशलाई संविधानको ट्रयाकमा ल्याइदिएको छ,” थापाले बाह्रखरीसँग भने, “अब बाँकी रहेका काम राजनीतिक दलले सुझबुझपूर्ण ढंगले अघि बढाउनुपर्छ ।” उनले सर्वोच्चको फैसलाले संविधानभन्दा माथि कोही पनि हुँदैन भन्ने पाठ सिकाएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार