दोलखामा शिवरात्रि मनाउने क्रममा बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  833 पटक हेरिएको

दोलखा, फागुन ९ ।

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको  छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्रिको दिन सडक तथा बाटोमा डोरी टांगी रकम उठाई शिवरात्रि मनाउने चलन छ । सोही अनुरूप शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका थामीलाई बसले ठक्कर दिएको थियो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको दोलखा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार