क्रिकेटर सन्दीप लामिछानेद्वारा घोषित रकम धुर्मूस सुन्तलि फाऊन्डेशनलाई हस्तान्तरण

प्रकाशित:  1452 पटक हेरिएको

काठमाण्डौ, फागुन ८ ।

नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् ।

बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्तरण गरेका हुन् । उनले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । सोही अनुसारको रकम धुर्मूस सुन्तलिलाई हस्तान्तरण गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार