एनआरएनए मेरो साथी अन्तर्गतको पाचौ शृंखला यही फेब्रुअरी २६ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  478 पटक हेरिएको

जापान, फागुन ८ । 

गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु सुचित गराउने अभियान NRNA मेरो साथी अन्तर्गतको आगामी पाचौ श्रिङ्खलामा जापानमा नेपाली रेष्टुरेण्ट व्यवसायी र नेपाली कामदार बिचको वर्तमान अबस्था र भविष्य बिषयमा बिशेष अनुभब बटुल्नु भएका ब्यक्तिहरुको अनुभब सहित बिशेष कार्यक्रम NRNA मेरो साथीको पाचौ शृंखला प्रसारण गरिने भएको छ । एनआरएनए जापानका सचिब तथा कार्यक्रम संयोजक समेत रहेका श्याम सितल ज्युले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको हो ।

यस्तै गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको चौथो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रमद्वारा आयोजना सम्पन्न गरेको थियो  । गैरआवासीय नेपाली संघ जापानको (सन २०२१-२३) कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बिषयमा जापानमा लामो समय बिभिन्न पेशा ब्यबसाय गरेर बस्नु भएको विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरेका थिए भने चौथो शृंखलामा भने जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषय बहस गरीएको थियो । पाचौ शृंखलामा भने जापानमा रेष्टुरेण्ट व्यवसायी र मज़दूर बिचको सम्बन्ध, त्यस भित्र देखिएका समस्या र त्यसको समाधानको विषयमा बहस गर्न लागिएको कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु भएको हो ।

यस शृंखलामा भने बिभिन्न क्षेत्रबाट बक्ताहरू सहभागी भएका छन । जापानमा नेपाली रेष्टुरेण्ट व्यवसायी र नेपाली कामदार बिचको वर्तमान अबस्था र भविष्य बिषयमा बहस गर्न जापानको बिभिन्न क्षेत्रबाट बक्ताहरू जोडिनु भएका छन । उक्त बहस कार्यक्रम जापानमा लामो समय रेष्टुरेण्ट ब्यबसाय गर्दै आऊनु भएकाबाबुराम भण्डारी, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, रेष्टुरेण्ट व्यवसायी विकास श्रेष्ठ र नेपाल जापान मजदुर संघका अध्यक्ष पदम गुरुङको सहभागीतामा कार्यक्रम NRNA हाम्रो साथीको पाचौ शृंखला प्रसारण तथा आयोजना गरीएको जानकारी गराउनु भयो । यस बहसले जापानमा रेष्टुरेण्ट व्यवसायी गरेर बसेका र कामदारको रूपमा रहेका नेपाली बिचको चुनौती र त्यस्ता समस्या समाधान गर्न सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेको समेत जनाउनु भयो । यो कार्यक्रमको आगामी दिनमा पनि विभिन्न बिषय बिज्ञ सहितको शृंखला आऊँने प्रष्ठ पार्नु भयो । यो NRNA मेरो साथी हो कार्यक्रमको पाचौ शृंखला जापान र नेपालबाट संचालन हुदै आइरहेको भिजन अनलाईन न्युज लगायत अन्य संचार माध्यमबाट एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ ।  यो कार्यक्रम जनवरी २२ तारिकका दिन बेलुकि ५ बजेबाट प्रसारण हुनेछ ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोला ।  

एनआरएनए मेरो साथी अन्तर्गतको चौथो श्रृखला यहि जनवरी २२ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार