जापान, माघ ४ ।
गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु सुचित गराउने अभियान NRNA मेरो साथी अन्तर्गतको आगामी चौथो श्रिङ्खलामा बिभिन्न उदेश्यले जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषयलाई मध्य नजर गर्दै सोही बिषयमा बिशेष अनुभब बटुल्नु भएका ब्यक्तिहरुको अनुभब सहित बिशेष कार्यक्रम NRNA मेरो साथीको चौथो शृंखला प्रसारण गरिने भएको छ । एनआरएनए जापानका सचिब तथा कार्यक्रम संयोजक समेत रहेका श्याम सितल ज्युले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भएको हो ।
यस्तै गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद जापानद्धारा आयोजना गर्दै आईरहेको एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिख जापानमा नेपाली विद्यार्धीहरुको अध्ययन पश्चात रोजगारीको अवसर र चुनौती लगायतका विषयमा एक विशेष कार्यक्रमद्वारा आयोजना सम्पन्न गरेको थियो । गैरआवासीय नेपाली संघ जापानको ९ सन २०२१-२३० कार्यसमितिको “एनआरएनए मेरो साथी”अन्तर्गतको तेस्रो श्रृंखलामा जापानमा अध्ययनरत तथा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको अध्ययन पश्चातको रोजगारीका अवसर तथा चुनौतीहरुका बिषयमा जापानमा लामो समय बिभिन्न पेशा ब्यबसाय गरेर बस्नु भएको विभिन्न जानकार व्यक्तिहरुसंग छलफल गरेका थिए भने चौथो शृंखलामा भने जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषय बहस गर्न लागिएको कार्यक्रम संयोजक तथा सचिब श्याम सितल ज्युले जानकारी गराउनु भएको हो ।
यस शृंखलामा भने बिभिन्न क्षेत्रबाट बक्ताहरू सहभागी भएका छन । जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषयमा बहस गर्न जापानको फुकुओकाबाट हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारी, भूपालमान श्रेष्ठ, रंजु लामिछाने, मेघराज नेपाल र हिरालाल कंडेल सहभागीतामा कार्यक्रम NRNA हाम्रो साथीको चौथो शृंखला प्रसारण तथा आयोजना गरीएको जानकारी गराउनु भयो । यस बहसले जापानमा बिभिन्न पेशा व्यवसाय गरेर बस्नु भएका र भावी दिनमा विभिन्न योजना सहित जापान आऊँनु भएका नेपाली बिध्यार्थी भाईबहिनी लगायत सम्पूर्णलाई सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेको समेत जनाउनु भयो । यो कार्यक्रमको आगामी दिनमा पनि विभिन्न बिषय बिज्ञ सहितको शृंखला आऊँने प्रष्ठ पार्नु भयो । यो NRNA मेरो साथी हो कार्यक्रमको चौथो शृंखला जापान र नेपालबाट संचालन हुदै आइरहेको भिजन अनलाईन न्युज लगायत अन्य संचार माध्यमबाट एकसाथ प्रत्यक्ष प्रसारण हुनेछ । यो कार्यक्रम जनवरी २२ तारिकका दिन बेलुकि ५ बजेबाट प्रसारण हुनेछ ।
सम्बन्धित समाचार यो पनि पढ़नुहोला ।
एनआरएनए मेरो साथी अन्तर्गतको तेस्रो श्रृखला यहि डिसेम्बर २५ तारिक जुम भर्चुअल माध्यमबाट हुने