निजी आवास पुनर्निर्माणको लागि बिश्व बैंकले दियो थप २३ अर्ब ऋण सहयोग

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1231 पटक हेरिएको

काठमांडौ, माघ २३ ।

निजी आवास पुनर्निर्माणको लागि बिश्व बैकले थप आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज नेपाल सरकार र बिश्व बैक बिच थप आर्थिक सहयोग गर्ने सम्बन्धि ऋण सहयोग साम्झौता पत्रमा हस्ताक्षर भएको हो । निजी आवास पुनर्निर्माणमा विश्व बैंकको थप २०० मिलियन अमेरिकी डलर (करिब २२.८२ अर्ब रुपैयाँ) ऋण सहयोग गर्ने सम्बन्धी सम्झौता भएको प्राधिकरणले जनाएको छ । सो रकम ३२ भूकम्प प्रभावित जिल्लाहरूका ८६,६८० लाभग्राहीको अनुदानमा प्रयोग गरीने प्राधिकरणले जनाएको छ ।

ऋण सहायता बिस्तार सम्बन्धमा विश्व बैंक र अर्थ मन्त्रालयबीच बिहीबार सम्झौता भएको छ ।त्यस सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच. हाडाड–जर्भोसले हस्ताक्षर गरेका हुन ।

यस अघि विश्व बैंकले १ माघमा नेपाललाई दिने २ सय मिलियन डलर  ऋण सहायता स्वीकृत भएको जनाएको थियो । विश्व बैंक, जाईका नेपाल, एडीबि लगायत दाट्री निकायको सहयोगमा नेपालका भूकम्प प्रभाबित जिल्लामा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (इएचआरपी) संचालन भईरहेको छ । सोही परियोजनामार्फत पुनर्निर्माण भइरहेका घरधनीले अनुदानस्वरुप यो रकम प्राप्त गर्नेछन् ।

सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिदै आएको छ । परियोजनाको दोस्रो चरणको कामका लागि नेपालले यो ऋण सहायता प्राप्त गरेको हो ।

विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार निजी आवासको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो । सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार