टिपरको ठक्करबाट कलंकी अन्डरपासमा दुईजनाको मृत्यु, ट्रिपर र चालक फरार

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2056 पटक हेरिएको

काठमाडौं, माघ २३ ।

फाईल तस्बिर

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी रहेको खुलेको प्रहरीले जनाएको छ ।

०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवर पत्रकारहरलाई जानकारी दिए ।

उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो । ट्रिपर फरार रहेकोले ट्रिपरको पहिचान नखुलेको प्रहरीले जनाएको छ । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार