कोरोना भाईरस प्रकोपको कारण हिमालय एअरलायन्सद्वारा चीनका तीन शहरको उडान स्थगित

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  903 पटक हेरिएको

काठमाडौं, माघ २० ।

चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछी बिभिन्न देशले चीनमा हुने सम्पूर्ण उडान रद्द गरेको छ । चीन बाहीर भने हालसम्म म्यानमारमा कोरोना भाईरसका कारण १ जनाको ज्यान गएको छ ।

एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगित गरेको हो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको राससलाई जानकारी दिए ।

हिमालयले चार्टड उडान गरिरहेका तीन गन्तब्यको उडान स्थगन गरे पनि नियमित उडान भइरहेको बेइजिङ र छोङछिङमा भने यात्रुको अवस्थालाई मध्यनजर गरेर उडान भर्ने जनाएको छ । यो गन्तव्यको उडान आगामी ६ फेब्रुअरी २०२० देखि स्थगन गर्ने योजना बनाएको कम्पनीले बजारको अवस्था अनुरुप सेवा दिनेछ । कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बेइजिङ र छोङछिङको ‘सेडुअल’ उडान रिरन्तर रहने तर कम्पनी आफैँले बजारको अध्ययन गरी आवश्यकताको आधारमा उडान सञ्चालन गर्ने बताए ।

हिमालयले चीनका विभिन्न शहरसँगै हाल बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, यूएईको अबुदाबी, दुबई, साउदी अरेबियाको दमाम र कतारको दोहामा सिधा उडान गरिरहेको छ । कोरोना भाइरस पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो । – रासस

सम्बन्धित समाचार यो पानी पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार