

साईतामा जापान, पुस २५ ।

जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ । नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै काम गर्ने नेपालीले जनाएको छ ।
बुधबार काम बिदामा रहेका उनी बिहिबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि नीजका साथी कोठामा गएका थिए । कोठा भित्र झुन्डिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको जनाएको छ । प्रहरीको रिपोर्ट अनुसार नीजले आफैले आत्महत्या गरेको प्रारम्भिक जानकारी गराएका छन । तर नीजले आत्महत्या के कारणले गार्यो त्यो भने खुलेको छैन ।

केहि दिन अघि पनि जापानको सेन्दाई अध्ययनको क्रममा जापान आएका पोखराका बिकल थापाको बसिरहेको ठाउँमा बेहोस हुदा ज्यान गएको थियो । त्यस्तै अर्का नेपाली कामको सिलसिलामा जापान आएका टोकियोको ताचिखावा नजिक बस्ने नेपालका बाग्लुङ्ग घर भएका टेकचन चालिसेको कार्यस्थलमा नै हृदयघातका कारण निधन भएको थियो । निजको निधनसँगै यो हप्ता मात्र जापानमा निधन हुनेको संख्या ३ पुगेको छ ।

