प्रधानमन्त्रिको असंबैधानिक कदम बिरुद्ध सडकमा आए डा. के.सी, संसद पुनर्स्थापना गर्न माग

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  451 पटक हेरिएको

काठमाडौं, पुस २५ ।  

प्रधानमन्त्रि केपी शर्मा आृलिले आफुखुशी प्रतिनिधि सभा बिघटन गरेपछि यसको चौतर्फि बिरोध भईरहेको छ । सरकारको बिभिन्न गल्ति र कमिकमजोरी सच्याउन माग गर्दै बिभिन्न समयमा आमरण अनसन बसेका डा.गोबिन्द के.सी ओलिको प्रतिगमनकारी कदमको बिरुद्ध पनि सडकमा आएका छन । प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदम विरोधमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ ।

संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् । प्रदर्शनमा डा। गोविन्द केसी ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित सहभागी भएका थिए । त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा। केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली वैध प्रधानमन्त्री नभएको बताए । ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप छ । अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिए । नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उनले बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसको विरोधमा संसदमा एक दर्जन रिट दर्ता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार